सशस्त्र प्रहरी बलका एसएसपी अधिकारी डीआईजीमा बढुवा सिफारिस « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सशस्त्र प्रहरी बलका एसएसपी अधिकारी डीआईजीमा बढुवा सिफारिस


१६ चैत्र २०८०, शुक्रबार


काठमाडौँ। सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) दीपक अधिकारी सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवाका लागि सिफारिस भएका छन् ।

बिहीबार बसेको बढुवा समितिको सचिवालय बैठकले एसएसपी दीपक अधिकारीलाई डिआइजीमा बढुवा सिफारिस गरेको हो।

अधिकारीलाई सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ३९ को उपनियम (१) को (ख) बमोजिम बढुवा सिफारिस गरिएको समितिले जनाएको छ ।

सशस्त्र प्रहरीमा एक जना डिआइजीको दरबन्दी रिक्त थियो। बढुवा सिफारिसउपर चित्त नबुझे नियमावलीको ५५ मा व्यवस्था भएबमोजिम सात दिनभित्र उजुरी सुन्ने समितिमा उजुरी दिन सकिने सचिवालयले सूचना मार्फत जानकारी गराएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस