भरतपुर महानगरद्वारा राष्ट्रिय सभा अध्यक्ष दाहाल सम्मानित « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

भरतपुर महानगरद्वारा राष्ट्रिय सभा अध्यक्ष दाहाल सम्मानित


१३ चैत्र २०८०, मंगलबार


काठमाडौँ । राष्ट्रिय सभाका नवनिर्वाचित अध्यक्ष नारायणप्रसाद दाहाललाई भरतपुर महानगरपालिकामा स्वागत तथा सम्मान गरिएको छ । मंगलबार भरतपुर महानगरपालिकाको सभाहलमा आयोजित एक कार्यक्रममा मेयर रेनु दाहालले उनलाई माला लगाइदिनुका साथै सम्मान पत्र प्रदान गरेकी हुन् ।

मेयर रेनुले भरतपुरले प्रधानमन्त्री, राष्ट्रिय सभा अध्यक्ष र उपप्रधान तथा गृहमन्त्री पाउनु गर्वको विषय भएको बताइन् । इतिहासमा यस्तो विरलै मिल्ने भन्दै उनले यो अवसर र चुनौती दुवै भएको बताइन् ।

फागुन २९ गते उहाँ राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित भएपछि दाहाल पहिलो पटक गृहजिल्ला चितवन पुगेका हुन् । सम्मान लिँदै अध्यक्ष दाहालले राष्ट्रिय सभाको गरिमालाई उच्चो पार्ने गरी काम गर्ने प्रतिबद्धता जनाए । संघ, प्रदेश र स्थानीय तहलाई आवश्यक कानून निर्माण गर्न राष्ट्रियसभाको अध्यक्षको हैसियतले पुलको भूमिका निर्वाह गर्ने उनको भनाइ थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस