दीपक अधिकारी र सुष्मा तामाङ वर्षको सर्वोत्कृष्ट खेलाडी घोषित « प्रशासन
Logo ३० बैशाख २०८१, आइतबार
   

दीपक अधिकारी र सुष्मा तामाङ वर्षको सर्वोत्कृष्ट खेलाडी घोषित


१२ चैत्र २०८०, सोमबार


काठमाडौँ । बक्सिङकी सुष्मा तामाङ र एथलेटिक्सका दीपक अधिकारी १८औँ एनएनआईपीए स्पोर्ट्स अवार्डमा वर्ष सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए)ले सोमबार शंखमुलस्थित यल दरबारमा आयोजना गरेको अवार्डमा दीपक पुरुषमा र सुष्मा महिलामा सर्वोकृष्ट खेलाडी चुनिए ।

दीपक यसै वर्ष सम्पन्न एनएसजेएफ पल्सर स्पोर्टस् अवार्डका विजेतासमेत हुन् । खेलाडी संघले आयोजना गरेको अवार्डमा पनि दीपक अवार्ड जित्न सफल भए । उनीसँगै एएसबिसी एसियन यु-२२ बक्सिङ च्याम्पियनसिप विजेता सुस्मा सोमबार पनि सम्मानित भएका हुन् ।

दुवैले अवार्डसहित जनही एक लाख रुपैयाँसहित सम्मानपत्र प्राप्त गरे । प्रतिभाशाली खेलाडीको पुरस्कार महिलामा पौडीकी डुवाना लामा तथा पुरुषमा नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले पाए । दुवै विजेताले जनही ५० हजार रुपैयाँ र ट्रफी प्राप्त गरे ।

खेलाडी संघले यस संस्करणमा पारा एथलिट सम्मानबाट भारोत्तोलनका दुर्गामान तामाङलाई सम्मान गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य अन्जन धमला र खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले दुर्गामानलाई १५ हजारसहित सम्मान गरेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस