आयरल्यान्ड ‘ए’ लाई नेपालले ६ विकेटले हरायो « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

आयरल्यान्ड ‘ए’ लाई नेपालले ६ विकेटले हरायो


१२ चैत्र २०८०, सोमबार


काठमाडौँ । आयरल्यान्ड ‘ए’ लाई नेपालले ६ विकेटले हराएको छ ।

पहिलो अभ्यास खेलमा आयरल्यान्ड ‘ए’ टीममाथि नेपालले ६ विकेटको सहज जित निकालेको हो । आयरल्यान्डले दिएको १२२ रनको लक्ष्य पछ्याएको नेपालले १६ ओभर १ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो ।

नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ३७ रन जोडे । ३७ रनमा ३ विकेट गुमाएको नेपाललाई कुशलले सन्दीप जोरासँग मिलेर ५४ रनको साझेदारी गरेका थिए । सन्दीप ३६ रनमा बनाए । दीपेन्द्रसिंह ऐरी २० रनमा अविजित रहँदा आसिफ शेख १६, गुल्सन झा ४ र कप्तान रोहित पौडेल शून्य रनमा आउट भए । बलिङमा आयरल्यान्डका ग्यारेथ डेल्नीले २, बेन व्हाइट र टम मेयसले एक-एक विकेट लिए ।

यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १२१ रनमा जोडेको थियो ।

आयरल्यान्डका स्टेफन डोहेनीले सर्वाधिक ४६, टम मेयस र लियाम मकार्थीले १६/१६ र फिओन ह्यान्डले ११ रनको योगदान दिएका थिए । बलिङमा नेपालका कुशल भुर्तेल, ललित राजवंशी र गुल्सन झाले दुई-दुई, करण केसी र कुशल मल्लले एक-एक विकेट लिए ।

टी-२० विश्वकपको तयारीमा रहेको नेपालले आयरल्यान्ड ‘ए’ टीमसँगको दोस्रो खेल मंगलबार खेल्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस