सर्वोच्चले दुर्गा प्रसाईँको मुद्दामा १२ चैतमा फैसला सुनाउने « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सर्वोच्चले दुर्गा प्रसाईँको मुद्दामा १२ चैतमा फैसला सुनाउने


६ चैत्र २०८०, मंगलबार


काठमाडौँ । दुर्गा प्रसाईँको झापास्थित बी एण्डसी मेडिकल कलेजसँग सम्बन्धित मुद्दामा सर्वोच्च अदालतले १२ चैतमा फैसला सुनाउने भएको छ ।

मंगलबार न्यायाधीश कुमार चुँडाल र शारंगा सुवेदीको इजलासले सुनुवाइ सकेर निर्णय सुनाउने मिति १२ चैतलाई तोकेको सर्वोच्च अदालत स्रोतले जनाएको छ ।

झापाको प्रस्तावित बीएण्ड सी मेडिकल कलेजलाई चिकित्सा शिक्षा अध्यापन गराउन आशयपत्र दिएर पनि सम्बन्धन नदिएको भन्दै प्रसाईले २१ असार, २०७७ मा काठमाडौँ विश्वविद्यालय र चिकित्सा शिक्षा आयोग विरुद्ध रिट निवेदन दर्ता गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस