पूर्वप्रहरीलाई अन्याय गरेको भन्दै महानिरीक्षकलाई ज्ञापनपत्र « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

पूर्वप्रहरीलाई अन्याय गरेको भन्दै महानिरीक्षकलाई ज्ञापनपत्र


२३ फाल्गुन २०८०, बुधबार


काठमाडौँ । नेपाल पूर्वप्रहरी संगठनले प्रहरी कल्याणकारी कोषले पूर्व प्रहरीहरूको कल्याणका लागि एकदमै कम रकम दिने गरेको भन्दै असन्तुष्टि जनाएको छ ।

आज (बुधबार) भएको पत्रकार सम्मेलन गरी पूर्वप्रहरी संगठनले प्रहरी कल्याण कोषमा पूर्व प्रहरीहरूको ६० प्रतिशतभन्दा बढी योगदान हुँदाहुँदै पनि पूर्व प्रहरीहरूको कल्याणमा न्यून रकम मात्र छुट्याई ठुलो रकम हिनामिना भइरहेको बताएको हो ।

‘मूल धनसमेत मासेर कमिसनका लागि ट्याङ्क, जमिन, उपकरण आदि किन्ने र पेट्रोल पम्पहरू लगाई कोषको दुरुपयोग गर्ने काम भएको छ भन्ने बाहिर चर्चा रहेको छ जसको एक उदाहरण पूर्व प्र.म.नि. तथा कोषका संरक्षक ओमविक्रम राणालाई अदालतबाटै कल्याण कोषको दुरुपयोग बापत जेल सजाय भएबाटै पनि प्रमाणित भएको छ,’पुर्वप्रहरी संगठनले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ ।

प्रहरी कल्याण कोषबाट मूल धन नमासी सो कोषको व्याजबाट मात्रै कल्याणका कामहरू गर्नुपर्नेमा मूल धनबाटै जथाभाबी र बदनियतपूर्वक लगानी हुन थालेको पूर्व प्रहरी संगठनको निष्कर्ष छ ।

Tags :
प्रतिक्रिया दिनुहोस