मधेश सरकारलाई निरन्तरता दिनुपर्ने जसपाको बटमलाइन « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

मधेश सरकारलाई निरन्तरता दिनुपर्ने जसपाको बटमलाइन


२१ फाल्गुन २०८०, सोमबार


काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) ले नयाँ सत्ता गठबन्धनमा प्याकेजमै भाग खोजेको छ । जसपाले मधेश सरकारको नेतृत्व निरन्तर पाउने सुनिश्चित नभएसम्म पार्टी सरकारमा नजाने अडान लिएको हो ।

अहिले मधेस सरकारमा जसपाका सरोजकुमार यादव मुख्यमन्त्री छन् । अब गठबन्धन फेरिएपनि जसपाले मधेश सरकारको नेतृत्वको निरन्तरताको अडान लिएको सुनाए । अहिले यस प्रदेशमा सरोजकुमार यादव मुख्यमन्त्री छन् ।

त्यसबारे अध्यक्ष उपेन्द्र यादवको बालुवाटारमा भएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित शीर्ष नेताहरूको बैठकमा पनि राखिसकेका छन् । नयाँ समीकरण बनेपछि आज एमाले, माओवादी र रास्वपाबाट एक(एक जना मन्त्रीले शप लिँदैछन् । तर, जसपाले आज मन्त्री नपठाउने एक नेताले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस