फेरि वामपन्थी एकताको अध्याय सुरु भयो : ‘प्रचण्ड’ « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

फेरि वामपन्थी एकताको अध्याय सुरु भयो : ‘प्रचण्ड’


२१ फाल्गुन २०८०, सोमबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फेरि वामपन्थी एकताको नयाँ अध्यायको सुरुवात भएको बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकमा ब्रिफिङ उनले यस्तो ब्रिफिङ गरेका हुन् ।

प्रधानमन्त्रीले हिजोको गल्ती स्वीकार गर्दै फेरि वामपन्थी एकता गर्ने बिन्दुमा आइपुगेको दाबी गरेका छन् ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका सचिव देवेन्द्र पौडेलले नेपालमा फेरि अर्को पटक वामपन्थीहरूको एकताको प्रसङ्ग उब्जिएको बताए । ‘आजै एकताको कुरा त होइन । तर, फेरि पनि सरकार पुनर्गठनको प्रसङ्गसँगै हिजोको गल्ती स्विकारेर नेपालको वामपन्थीहरू फेरि एक हुने अध्यायको सुरुवात भएको छ,’ उनले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस