मध्यपश्चिम विश्वविद्यालयमा शिक्षकद्वारा तालाबन्दी « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

मध्यपश्चिम विश्वविद्यालयमा शिक्षकद्वारा तालाबन्दी


१८ फाल्गुन २०८०, शुक्रबार


काठमाडौँ । मध्यपश्चिम विश्वविद्यालयका आंशिक शिक्षकहरूले केन्द्रीय क्याम्पसका सम्पूर्ण विभागहरूमा तालाबन्दी गरेका छन् ।

आंशिक शिक्षकहरूलाई अविलम्ब करारमा नियुक्ति गर्नुपर्ने लगायतका माग राख्दै शुक्रबार बिहान शिक्षकहरूले तालाबन्दी गरेका हुन् ।

केन्द्रीय कार्यालयको मुलढोका, विस्तारित कार्यालय र केन्द्रीय क्याम्पसका सम्पूर्ण विभागहरूमा तालाबन्दी गरिएको आन्दोलनरत एक आंशिक शिक्षकले जानकारी दिए ।

उनका अनुसार मध्यपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसमा मात्रै ३२ जना आंशिक शिक्षक रहेका छन् । उनीहरूलाई अविलम्ब करार उपप्राध्यापकमा नियुक्ति गरिनुपर्ने मागसहित पठनपाठन नै बन्दर गरेर आन्दोलनमा उत्रिएको ती शिक्षकले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस