जलविद्युत्, कृषि र पर्यटन क्षेत्रमा थप नीतिगत पहल आवश्यक : परराष्ट्र सचिव लम्साल « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

जलविद्युत्, कृषि र पर्यटन क्षेत्रमा थप नीतिगत पहल आवश्यक : परराष्ट्र सचिव लम्साल


१८ फाल्गुन २०८०, शुक्रबार


काठमाडौँ । परराष्ट्र सचिव सेवा लम्सालले दक्षिण एसियाली क्षेत्रमा विशेषगरी जलविद्युत्, कृषि र पर्यटन क्षेत्रमा थप सहकार्यको नीतिगत पहल आवश्यक रहेको बताएकी छन् । भारतको पुनेमा भइरहेको आठौँ एसिया इकोनोमिक डाइलग-२०२४ मा बोल्दै सचिव लम्सालले उद्घाटन सत्रमा यस्तो बताएकी हुन् ।

एसिया इकोनोमिक डाइलग भारतको विदेश मन्त्रालय र पुने इन्टरनेशनल सेन्टरद्धारा वार्षिक रूपमा आयोजना हुँदै आएको बहुपक्षीय सम्मेलन हो । विभिन्न मुलुकहरूमा उक्त सम्मेलनमा सहभागिता जनाउने छन् ।

उद्घाटन सत्रको पहिलो सत्रमा भारतका विदेश सचिव विनयमोहन क्वात्रा र बंगलादेशका विदेश सचिव मसुद बिन मोमेन पनि थिए । उक्त सत्रको छलफलको विषय नै दक्षिण एसियामा आर्थिक एकीकृत गर्ने सम्बन्धमा थियो ।

भारत भ्रमणमा गएकी परराष्ट्र सचिव लम्सालले पुने जानु घि नयाँ दिल्लीमा विदेशमन्त्री एस. जयशंकर र विदेश सचिव क्वात्रासँग छुट्टाछुट्टै भेटवार्ता गरिसकेकी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस