चलचित्र ‘उपहार’को ‘कहिले बार बिर्सिन्छु’ सार्वजनिक  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

चलचित्र ‘उपहार’को ‘कहिले बार बिर्सिन्छु’ सार्वजनिक 


१८ फाल्गुन २०८०, शुक्रबार


काठमाडौँ । यही फागुन २५ गतेबाट रिलिज हुने फिल्म ‘उपहार’को नयाँ गीत ‘कहिले बार बिर्सिन्छु’ सार्वजनिक भएको छ ।

बिहीबार सार्वजनिक गीतमा अन्जु पन्त र साइराज खातीको स्वर, अर्जुन पोखरेलको सङ्गीत र इन्दिरा अधिकारीको शब्द छ । गीतको भिडियोमा अभिनेत्री रेखा थापालाई धेरै समयपछि ग्ल्यामर अवतारमा दर्शकले हेर्न पाउँछन् । 

गीतमा उनको जोडीका रूपमा मुकुन भुषाल छन् । गीतमा मुकुन र रेखाबाहेक समर्पण जंग कार्की र पूजा शर्मा तथा तेज गिरी र बेनिशा हमालको जोडीलाई देख्न सकिन्छ ।

फरक फरक लोकेसनमा खिचिएको भिडियो हेर्दा आकर्षक छ । रेखा फिल्मस् र कपनगढी सिनेमा प्रालिको ब्यानरमा रेखा थापा प्रस्तुत कर्ता रहेको फिल्ममा रेखा थापा, पूजा शर्मा, मुकुन भुषाल, बेनिशा हमाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, शिशिर राणा, राजाराम पौडेल, किरण केसी, अंशु महर्जन, विनोद पौडेल, आशा भुषाल, शोभारस घिमिरे, मञ्जु श्रेष्ठ, कमल भट्ट, राइडर प्रशान्त र सरिता राजोपाध्यायलगायतको पनि अभिनय छ ।

बलराम शाही ठकुरी कार्यकारी निर्माता रहेको फिल्मका निर्माता सुलभ प्रतीक र समीक्षा देउजा हुन् । 

फिल्ममा विष्णु कल्पित घिमिरेको छायाङ्कन, अर्जुन पोखरेल र बाबुल गिरीको सङ्गीत, मित्र डि गुरुङको सम्पादन, सुलक्षण भारतीको कथा, भारतीका साथै अभिमन्यु निरवी र माधव शर्माको पटकथा तथा संवाद, अनुपम गौतमको भीएफएक्स र रोशन श्रेष्ठको द्वन्द्व निर्देशन छ ।

फिल्मको वितरण उपत्यका भित्र रिच इन्टरटेनमेन्ट र उपत्यका बाहिर एफडी कम्पनीले गर्नेछ । गीत ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस