वायुसेवा सञ्चालक संघको नयाँ कार्यसमिति चयन « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

वायुसेवा सञ्चालक संघको नयाँ कार्यसमिति चयन


१७ फाल्गुन २०८०, बिहिबार


काठमाडौँ । मनोज कार्कीको नेतृत्वमा नेपाल वायुसेवा सञ्चालक संघको कार्यसमिति चयन गरिएको छ । बिहीबार संघको २३औँ साधारण सभाले नयाँ कार्यसमितिको घोषणा गरेको हो ।

प्रथम उपाध्यक्षमा प्रतापजंग पाण्डे, दोस्रो उपाध्यक्षमा निमा नुरु शेर्पा, तृतीय उपाध्यक्षमा अनिल मानन्धर चयन भएका छन् ।

संघको महासचिवमा सुवास सापकोटा चयन हुँदा सचिवमा मुरलीधर जोशी र कोषाध्यक्षमा रूपेश जोशी चयन भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस