परराष्ट्रमन्त्री साउदले भने-छिमेकीसँगको सुमधुर सम्बन्धले मात्र देशको विकास सम्भव « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

परराष्ट्रमन्त्री साउदले भने-छिमेकीसँगको सुमधुर सम्बन्धले मात्र देशको विकास सम्भव


१७ फाल्गुन २०८०, बिहिबार


काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउदले छिमेकी राष्ट्रहरूको सुमधुर सम्बन्धले मात्र देशको विकास सम्भव रहेको बताएका छन् ।

नेपाल विश्व सम्बन्ध परिषद्को ७६ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै परराष्ट्रमन्त्री साउदले नेपालले छिमेकी देशहरू भारत र चीनसँगको सम्बन्धलाई समान प्राथमिकतामा राखेर देशको समृद्धि गर्न चाहेको बताएका हुन् ।

नेपालले सधैँ छिमेकीहरूसँगको सम्बन्ध पारस्परिक विश्वास र सम्मानका आधारमा कायम राख्दै आएको उनको भनाइ थियो । दुवै छिमेकी मुलुकसँगको सहकार्य पुरानो र गहिरो भएको मन्त्री साउदले बताएका छन् ।

परराष्ट्रमन्त्री साउदले नेपालले प्रमुख विश्व शक्तिहरूसँगको सम्बन्ध र विश्व राजनीतिलाई नजिकबाट नियालिरहेको बताए । विकास साझेदारहरूसँगको सम्बन्ध पनि नेपालको प्राथमिकताको विषय रहेको उनले बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस