नारायणी अस्पतालमा शिशु छाडेर आमा बेपत्ता « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

नारायणी अस्पतालमा शिशु छाडेर आमा बेपत्ता


१३ फाल्गुन २०८०, आइतबार


काठमाडौँ । नारायणी अस्पताल, वीरगञ्जमा एक जना महिला नवजात शिशु छाडेर हिँडेकी छन् । छोरी जन्मिएको भन्दै परिवारले झगडा गरेपछि उनी हिँडेकी बताइएको छ । 

पर्सा प्रहरीका अनुसार, १२ फागुनमा एक जना महिलाले शिशुलाई जन्म दिएकी थिइन् ।

तर, साँझ ती महिला र उनको सासू बच्चालाई छाडेर सम्पर्कविहीन भएको भन्दै जानकारी आएको प्रहरी स्रोतको भनार्ई छ । 

प्रहरीका अनुसार, ती महिलाले अस्पतालमा भर्ना हुँदा आफ्नो नाम ‘सीता देवी’ र ठेगाना ‘रानीघाट-६, वीरगञ्ज’ टिपाएकी थिइन् । प्रहरीले भने नाम र ठेगाना समेत गलत टिपाएको जस्तो देखिएको बताएको छ ।

उनीहरूलाई देख्नेहरूले भने शिशुलाई जन्मदिएकी महिला र उनको सासुबीच अस्पतालमा झगडा भएको देखेको बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस