आज नेपालले क्यानडाविरुद्ध दोस्रो खेल खेल्दै « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

 आज नेपालले क्यानडाविरुद्ध दोस्रो खेल खेल्दै


२७ माघ २०८०, शनिबार


काठमाडौँ । नेपालले क्यानडाविरुद्धको अन्तर्राष्ट्रिय एक दिवसीय सिरिजअन्तर्गत आज दोस्रो खेल खेल्दै छ । उक्त खेल बिहान ९ः१५ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुने छ ।

यसअघि बिहीबार भएको सिरिजको पहिलो खेलमा नेपालले क्यानडामाथि रोमाञ्चक जित हासिल गरेको थियो । नेपाल उक्त खेलमा सात रनले विजयी भएको थियो । सो खेलमा नेपालले पहिला ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर दुई सय २४ रन बनाएको थियो । दुई सय २५ रनको लक्ष्य पछ्याउने क्रममा क्यानडाले ४७ दशमलव पाँच ओभरमा सबै विकेट गुमाएर दुई सय १७ रन बनाएको थियो । उक्त खेलमा कप्तान रोहितकुमार पौडेलले चार विकेट लिएका थिए । 

नेपाल आजको खेल जितेर क्यानडाविरुद्धको सिरिज आफ्नो कब्जामा पार्न चाहन्छ । अघिल्लो खेलमा नेपालले बलिङमा उत्कृष्ट प्रदर्शन गरे पनि ब्याटिङ भने फितलो रहेको थियो । सो खेलमा कुशल भुर्तेलले ६८ तथा आरिफ शेखले ३८ रन बनाएका थिए । नेपालले क्यानडासँग पहिलो पटक एक दिवसीय सिरिज खेलेको हो । 

नेपाली टोलीमा रोहितकुमार पौडेल (कप्तान), आशिफ शेख, कुशल भुर्तेल, देव खनाल, कुशल मल्ल, भीम सार्की, आरिफ शेख, पवन शर्राफ, सोमपाल कामी, रिजन ढकाल, सूर्य तामाङ, ललितनारायण राजवंशी, आकाश चन्द र अनिल शाह रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस