प्रधानमन्त्री कप : बागमती प्रदेशले लुम्बिनीलाई हरायो « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

प्रधानमन्त्री कप : बागमती प्रदेशले लुम्बिनीलाई हरायो


१३ माघ २०८०, शनिबार


काठमाडौँ । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले लुम्बिनी प्रदेशमाथि ६ विकेटको सहज जीत हासिल गरेको छ । लुम्बिनीले प्रस्तुत गरेको १ सय ७ रनको लक्ष्य बागमतीले १७.२ ओभरमा मात्र ४ विकेटको क्षतिमा पछ्यायो ।

बागमतीलाई जीत दिलाउन इशान पाण्डेले अर्धशतकीय इनिङ्स खेले उनले ५४ बलमा ५ चौका र २ छक्का हिर्काउँदै ५० रन बनाए । त्यस्तै कप्तान रित गौतमले २४ तथा अशुतोष घिरैयाले १४ रनको योगदान दिए । लुम्बिनीका लागि निर्मल गुरुङले २ तथा कृष्ण कार्की र अभिषेक गौतमले एक–एक विकेट लिए ।

यसअघि सूर्य तामाङले घातक बलिङ गरेपछि लुम्बिनी प्रदेश बागमती प्रदेशविरुद्ध मात्र १ सय ६ रनमा समेटिएको थियो । टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनी मात्र ३२.२ ओभरमा अलआउट हुन पुग्यो ।

लुम्बिनीका लागि कप्तान सुशान्त थापाले सर्वाधिक २८ रनको योगदान दिए । त्यस्तै निर्मल गुरुङ २७ रन बनाएर नटआउट रहे । प्रज्वल थापाले १४ तथा विराट भण्डारीले १३ रन बनाउनबाहेक अन्य खेलाडीले ठुलो योगदान दिन सकेनन् ।

बागमतीका लागि सूर्य तामाङले १० ओभरमा २ मेडनसहित २६ रन खर्चेर ६ विकेट लिए । विपिन आचार्यले २ तथा प्रतिश जिसी र कृजन गुरुङले १–१ विकेट लिए ।

Tags :
प्रतिक्रिया दिनुहोस