भोलि अफगानिस्तानसँग खेल्दै नेपाल, यू-१९ विश्वकपमा पहिलो पटक भिड्ने « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

भोलि अफगानिस्तानसँग खेल्दै नेपाल, यू-१९ विश्वकपमा पहिलो पटक भिड्ने


११ माघ २०८०, बिहिबार


काठमाडौँ । नेपालले आईसीसी यू-१९ विश्वकप २०२४ मा आफ्नो समूह चरणको अन्तिम खेल शुक्रबार अफगानिस्तानसँग खेल्दैछ ।

नेपाल र अफगानिस्तानबीचको खेल दिउँसो १स्४५ मा बफेलो पार्क इस्ट लन्डनमा सुरु हुनेछ ।

नेपाल र अफगानिस्तानबीचको विजेता टोली सुपर सिक्समा पुग्नेछ । नेपाल न्युजिल्यान्डसँग ६५ रन र पाकिस्तानसँग ५ विकेटले पराजित भएको थियो ।

अफगानिस्तान पाकिस्तानसँग १८१ र न्युजिल्यान्डसँग १ विकेटले पराजित भएको थियो ।

दक्षिण एसियाका दुई चर्चित यू-१९ टोली नेपाल र अफगानिस्तानले हालसम्म विश्वकपमा भने प्रतिस्पर्धा गरेका छैनन् । त्यसैले शुक्रबार यी दुई टोलीबीच यू-१९ विश्वकपमा पहिलो पटक भेट हुनेछ ।

अफगानिस्तानले २०१० देखि लगातार यू-१९ विश्वकप खेल्दै आएको छ । नेपालले २००० देखि सुरु गरेको थियो । २००८ सम्म यू-१९ विश्वकप खेले पनि अफगानिस्तानको आगमनसँग नेपाल विश्वकपमा स्थान बनाउन सकेको थिएन । २००८ पछि नेपालले २०१२ र २०१६ मा यू-१९ विश्वकप खेलेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस