मधेश सरकारले आज स्वाभिमान दिवस मनाइँदै « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

मधेश सरकारले आज स्वाभिमान दिवस मनाइँदै


३ माघ २०८०, बुधबार


काठमाडौँ। मधेश प्रदेश सरकारले आज स्वाभिमान दिवस मनाउँदैछ ।

आजकै दिन २०७८ माघ ३ गतेका दिन प्रदेश नं. २ बाट मधेस प्रदेश नामकरण गरिएको र प्रदेशको राजधानी जनकपुरधाम तोकिएको सम्झनामा प्रदेश सरकारले स्वाभिमान दिवस मनाउन लागेको हो।

गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले माघ ३ गतेको दिनलाई स्वाभिमान दिवस मनाउने निर्णय गरेको थियो ।

आज मधेश सरकारले जनकपुरधामस्थित महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रमा बिहान ११ बजे स्वाभिमान दिवस मनाउने र त्यहीँ मुख्यमन्त्री सरोजकुमार यादवको एक वर्षे कार्यकालको प्रमुख कार्य विवरण सार्वजनिक गर्ने कार्यक्रम आयोजन गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस