पुसमा भयो सबैभन्दा बढी घरजग्गा कारोबार « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

पुसमा भयो सबैभन्दा बढी घरजग्गा कारोबार


२ माघ २०८०, मंगलबार


काठमाडौँ । चालू आर्थिक वर्षमा सबैभन्दा बढी घरजग्गा कारोबार पुस महिनामा भएको छ । चालू आर्थिक वर्षको पुस महिनामा यस वर्षकै सबैभन्दा बढी घरजग्गा कारोबार भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ ।

पुसमा ४५ हजार २७७ संंख्यामा घरजग्गाको लिखित पास भएको विभागले जनाएको छ । जसबापत सरकारले ३ अर्ब २० करोड ५२ लाख १३ हजार ५३० रुपैयाँ राजस्व संकलन गरेको छ ।

मङ्सिरमा ४१ हजार ८५१ वटा घरजग्गा कारोबार भएको थियो । जसबापत सरकारले २ अर्ब ८६ करोड ५० लाख ११ हजार २१ रुपैयाँ राजस्व संकलन गरेको थियो । यसअघि मङ्सिरमा चालू आर्थिक वर्षकै सबैभन्दा बढी घरजग्गा कारोबार भएको थियो । जसलाई पुसको कारोबारले उछिनेको छ ।

मङ्सिरको तुलनामा पुसमा घरजग्गा कारोबार ८ प्रतिशतले बढेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस