विनोद भण्डारीको अर्धशतक पूरा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

विनोद भण्डारीको अर्धशतक पूरा


१ माघ २०८०, सोमबार


काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा आर्मीका कप्तान विनोद भण्डारीले मधेश प्रदेशविरुद्ध अर्धशतक प्रहार गरेका छन् ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीका लागि उनले मधेशविरुद्ध ६० बलमा तीन चौका र दुई छक्का प्रहार गर्दै अर्धशतक प्रहार गरेका हुन् ।

घरेलु प्रतियोगितामा निकै सफल ब्याटर विनोद भण्डारीले कुशल मल्लसँग पाँचौँ विकेटका लागि ८४ रनको साझेदारी गर्दै खेलिरहेका छन् । हाल आर्मी ३५ ओभर सकिँदा चार विकेटको क्षतिमा १८६ रन बनाउँदै खेलिरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस