रुसी यात्रुवाहक विमान साइबेरिया धावनमार्गमा चिप्लियो « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

रुसी यात्रुवाहक विमान साइबेरिया धावनमार्गमा चिप्लियो


२४ पुस २०८०, मंगलबार


भ्लादिभोस्टक । रुसको नोर्डस्टार एयरलाइन्सद्वारा सञ्चालित बोइङ ७३७-८०० यात्रुवाहक विमान मंगलबार साइबेरियाको नोरिल्स्क विमानस्थलमा अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएको छ । तर सो घटनामा कोही घाइते नभएको र खासै ठूलो क्षति नपुगेको स्थानीय अधिकारीहरूले बताएका छन्।

संघीय हवाई यातायात एजेन्सीले जनाए अनुसार सो विमान बिहान १० : ०० बजे अवतरण गर्ने क्रममा धावन मार्गमा चिप्लिएको थियो ।

उक्त विमानमा चालक दलका आठ सदस्य र १६८ जना यात्रुसहित १७६ जना सवार थिए । यस विषयमा अनुसन्धान जारी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस