तीन लाख तलब दिँदा पनि दुर्गममा जान डाक्टर मान्दैनन् : मन्त्री बस्नेत « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

तीन लाख तलब दिँदा पनि दुर्गममा जान डाक्टर मान्दैनन् : मन्त्री बस्नेत


२२ पुस २०८०, आइतबार


काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेतले महिनाको तीन लाख तलब दिँदा पनि दुर्गममा सेवा गर्न जान इच्छा भएको डाक्टर नभेटिएको बताएका छन्।

आइतबार कान्तिबाल अस्पतालको ६२ औँ वार्षिकोत्सवका अवसरमा मन्त्री बस्नेतले महिनाको ३ लाख दिँदा पनि दुर्गममा सेवा दिन जाने चिकित्सक नभेटिएको बताएका हुन्।

मन्त्री बस्नेतले भने, ‘महिनाको ३ लाखसम्म तलब  दिँदा पनि दुर्गमा सेवा दिन जान इच्छा भएको चिकित्सक तथा स्वास्थ्यकर्मी भेटिँदैन सबैजना सुगम मात्रै ताक्नुहुन्छ म आएपछि मात्रै ८ सयको काज फिर्ता गरेको छु।’

यस्तै, मन्त्री बस्नेतले  चिकित्सा शिक्षा ऐनको केही साँघुरो व्यवस्थाले गर्दा अबको ५ वर्षमा नेपालमा डाक्टर, नर्स लगायतका स्वास्थ्यकर्मी नपाइने अवस्था आउने बताएका छन। ‘चिकित्सा शिक्षा  ऐनको केही साँघुरो व्यवस्थाले  गर्दा अबको ५ वर्षमा नेपालमा डाक्टर,नर्स नै नपाउने जोखिम बढेको छ त्यसैले अब जसरी पनि  चिकित्सा शिक्षा ऐनको केही व्यवस्था संशोधन गर्नुपर्ने अवस्था आएको , ’मन्त्री बस्नेतले भने।

यस्तै, अहिलेको अवस्थामा स्वास्थ्य सेवातर्फ ९२ हजार स्वास्थ्यकर्मी आवश्यक रहे पनि हाल जम्मा २८ हजार जति मात्रै स्वास्थ्यकर्मी रहेकाले गुणस्तरीय स्वास्थ्य सेवा जनताले पाउने नसकेको उनले प्रष्ट पारे। तत्काल स्वास्थ्य सेवातर्फको दरबन्दी खुलाउन आफूले पहल गरिरहेको समेत मन्त्री बस्नेतले बताए।

मन्त्री बस्नेतले भने, ‘अहिले बिरामीले गुणस्तरीय स्वास्थ्य सेवा नपाउने मुख्य कारण स्वास्थ्यकर्मी नै कम हुनु हो स्वास्थ्य सेवातर्फ ५४ सालदेखि दरबन्दी नै खुलाइएको छैन बिरामीको चापअनुसार स्वास्थ्यकर्मी नै कम छन् त्यसैले अब तत्काल  स्वास्थ्यको दरबन्दी खुलाउनै पर्ने अवस्था  छ म पहल गर्दै छु।’

महिनाको ३ लाखसम्म तलब  दिँदा पनि दुर्गमा सेवा दिन जान इच्छा भएको चिकित्सक तथा स्वास्थ्यकर्मी भेटिँदैन सबैजना सुगम मात्रै ताक्नुहुन्छ म आएपछि मात्रै ८ सयको काज फिर्ता गरेको छु।’

यस्तै, मन्त्री बस्नेतले  चिकित्सा शिक्षा  ऐनको केही साँघुरो व्यवस्थाले  गर्दा अबको ५ वर्षमा नेपालमा डाक्टर, नर्स लगायतका स्वास्थ्यकर्मी नपाइने अवस्था आउने बताएका छन। ‘चिकित्सा शिक्षा  ऐनको केही साँघुरो व्यवस्थाले  गर्दा अबको ५ वर्षमा नेपालमा डाक्टर,नर्स नै नपाउने जोखिम बढेको छ त्यसैले अब जसरी पनि  चिकित्सा शिक्षा  ऐनको केही व्यवस्था संशोधन गर्नुपर्ने अवस्था आएको छु, ‘मन्त्री बस्नेतले भने।

यस्तै, अहिलेको अवस्थामा स्वास्थ्य सेवातर्फ ९२ हजार स्वास्थ्यकर्मी आवश्यक रहे पनि हाल जम्मा २८ हजार   जति मात्रै स्वास्थ्यकर्मी रहेकाले गुणस्तरीय स्वास्थ्य सेवा जनताले पाउने नसकेको उनले प्रष्ट पारे। तत्काल स्वास्थ्य सेवातर्फको दरबन्दी खुलाउन आफूले पहल गरिरहेको समेत मन्त्री बस्नेतले बताए।

मन्त्री बस्नेतले भने, ‘अहिले बिरामीले गुणस्तरीय स्वास्थ्य सेवा नपाउने मुख्य कारण स्वास्थ्यकर्मी नै कम हुनु हो स्वास्थ्य सेवातर्फ ५४ सालदेखि दरबन्दी नै खुलाइएको छैन बिरामीको चापअनुसार स्वास्थ्यकर्मी नै कम छन् त्यसैले अब तत्काल  स्वास्थ्यको दरबन्दी खुलाउनै पर्ने अवस्था  छ म पहल गर्दै छु।’

Tags :
प्रतिक्रिया दिनुहोस