चिनियाँ बीवाइडी बन्यो सर्वाधिक विक्री हुने विद्युतीय कार « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

चिनियाँ बीवाइडी बन्यो सर्वाधिक विक्री हुने विद्युतीय कार


२० पुस २०८०, शुक्रबार


काठमाडौँ । चिनियाँ कम्पनी बिल्ड योर ड्रीम्स (बीवाइडी) विद्युतीय कारको बिक्रीको हिसाबले विश्वकै सबैभन्दा ठूलो विद्युतीय सवारी उत्पादक कम्पनी बनेको छ ।

कम्पनीले अमेरिकी व्यापारी एलन मस्कको टेस्लालाई पछि पारेको हो । पछिल्लो बिक्री तथ्याङ्क अनुसार, बीवाइडीले २०२३ को चौथो त्रैमासिक (अक्टोबर–डिसेम्बर) मा विश्व बजारमा पाँच लाख २६ हजार ४ सय ९ विद्युतीय कार बेचेको छ ।

यस अवधिमा टेस्लाको लाख ८४ लाख ५ सय ७ इभी विक्री भएका छन् । यस अवधिमा, टेस्ला बिक्रीको हिसाबले मात्र नभई इभी (इलेक्ट्रिक भेइकल) उत्पादनको हिसाबले पनि बीवाइडी भन्दा पछाडि परेको छ ।

बीवाइडीले प्लग–इन हाइब्रिड विद्युतीय सवारी साधनहरूमा पनि सफलता हासिल गरेको छ । शेन्जेन, चीनमा आधारित कम्पनी बीवाइडीले चीन र युरोपमा खण्डमा टेस्लासँग कडा प्रतिस्पर्धा गरे पनि अमेरिकी बजारमा भने प्रवेश गरेको छैन ।

नेपालमा भने पछिल्लो समय इभी गाडीको संख्या बढ्दै गएको छ । सन् २०२२ को अक्टोबरमा बीवाइडी नेपालमा लन्च भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस