नेपाल-भारत संयुक्त आयोगको सातौँ बैठक सुरु « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

नेपाल-भारत संयुक्त आयोगको सातौँ बैठक सुरु


१९ पुस २०८०, बिहिबार


काठमाडौँ । नेपाल-भारत संयुक्त आयोगको सातौँ बैठक सुरु भएको छ।

दरवारमार्गस्थित होटेल याक एण्ड यतिमा बिहीबार दिउँसो सुरु भएको बैठकको नेपालका तर्फबाट परराष्ट्रमन्त्री एनपी साउद र भारतका तर्फबाट विदेशमन्त्री एस जयशंकरले नेतृत्व गरिरहेका छन्।तीन वर्षपछि हुन लागेको बैठकमा विद्युत्, व्यापार,आपसी सीमा समस्या, हवाई रूटलगायत विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

बैठक सुरु हुनुअघि नेपाल र भारतबीच दीर्घकालीन व्यापार विद्धुत सम्झौतामा हस्ताक्षर भएको थियो। सिंहदरवारमा उर्जामन्त्री शक्ति बस्नेतको उपस्थितिमा भएको सम्झौतामा नेपालका उर्जासचिव गोपाल सिग्देल र भारतका ऊर्जा सचिव पङ्कज अग्रवालले हस्ताक्षर गरेका थिए।

नेपाल र भारतबीच भारतले नेपाललाई दिँदै आएको सहयोग रकम बढाउने सम्झौतामा पनि हस्ताक्षर हुँदैछ। भारतले नेपाललाई प्रदान गर्दै आएको उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआइसिडिपी) अन्तर्गतको रकम २० करोड रुपैयाँ पुर्‍याउन गरेको प्रस्तावमा नेपालले सहमति जनाएको छ।

बैठकमा सहभागी हुन भारतीय विदेश मन्त्री जयशंकर बिहीबार बिहान काठमाडौँ आइपुगेका थिए। मन्त्री जयशंकरले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेटवार्ता गरिसकेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस