अयोध्यामा जानकी मन्दिरबाट ११ सय कोसेली पठाइँदै « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

अयोध्यामा जानकी मन्दिरबाट ११ सय कोसेली पठाइँदै


१९ पुस २०८०, बिहिबार


काठमाडौँ । भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठाका लागि धनुषास्थित जानकी मन्दिरबाट ११ सय कोसेली पठाइँदै छ ।

मिथिलाञ्चलमा छोरीको घरमा माइतबाट कोसेली पठाउने चलन छ । त्यही विधि अनुसार अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठा ९घरबास०मा सीताको माइतीघर जनकपुरबाट कोसेली पठाउन लागिएको हो ।

सीताको माइतीघरबाट रामको दरबारमा पठाइने कोसेलीमा ठेकुवा, भुसुवा, पेरुकिया, खजुरिया फलफूल, पञ्चमेवा, साडी, धोती ,गरगहना, पलङ, टेबुल, कुर्सी, चुल्होजस्ता सामग्री रहने बताइएको छ ।

नेपालका विभिन्न नदीहरूबाट सङ्कलन गरिएको पवित्र जलसहितको कलशलाई अभिषेकका लागि गत साता अयोध्या पठाइएको थियो । 

 जानकी मन्दिर प्राङगनमा कोसेली तयारी अवस्थामा राखिएको बताउँदै जानकी मन्दिरका छोटे महन्थ राम रोशन दासले, भार लिएर आज बिहान ८ बजे जनकपुरधामबाट निस्किने कार्यक्रम रहेको बताए । 

बिहान भार लिएर जनकपुरधामको परिक्रमा गर्ने र  त्यहाँबाट हुलाकी सडक हुँदै, सम्सी कन्मा, मलंगवा, सिमरौन, कलैया, गढीमाई हुँदै विरगंजमा रात्री बास बस्ने उनले बताए , 

शुक्रबार रक्सौल बोर्डर हुँदै बेतिया, गोरखपुर हुँदै अयोध्या पुग्ने बताइएको छ । शनिबार बिहान ९ बजे भारलाई राम जन्मभूमी ट्रष्टलाई हस्तान्तरण गर्ने र राम मन्दिर दर्शन गर्ने गरी जनकपुरका लागि फर्किने योजना रहेको उनको भनाई छ । 

Tags :
प्रतिक्रिया दिनुहोस