आज सुनचाँदीको मूल्य बढ्यो « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

आज सुनचाँदीको मूल्य बढ्यो


१७ पुस २०८०, मंगलबार


काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको जनाएको हो।

यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख २१ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख २० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ।

आज चाँदीको मूल्य समेत बढेको छ । महासङ्घले चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर १४ सय ६० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस