आठौँ घरजग्गा मेलामा २ अर्ब ५० करोड बढी कारोबार « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

आठौँ घरजग्गा मेलामा २ अर्ब ५० करोड बढी कारोबार


१५ पुस २०८०, आइतबार


काठमाडौं । आठौँ घरजग्गा मेलामा २ अर्ब ५० करोड भन्दा बढीको कारोबार भएको छ ।

पुस १२ गतेदेखि सञ्चालन भएको ४ दिने मेलामा २ अर्ब ५० करोड भन्दा बढीको कारोबार भएको नेपाल जग्गा तथा आवास विकास संघका अध्यक्ष विदुर धमलाले बताए । उनले ४० हजार भन्दा बढी अवलोकन कर्ताहरूले मेला अवलोकन गरेको बताए । उनले मेला सोचेको भन्दा पनि राम्रो भएको बताए ।

उनले मेलामा क्रेताहरू र विक्रेताहरू एकै ठाउँमा भेला भइ सबैकुरा जानकारी लिएर आफूले लगानी गर्न पाउनु राम्रो भएको बताए । उनले अर्को पटकको एक्स्पोमा झनै विशेष सुविधा र छुटसहित गर्ने प्रतिबद्धता जनाए ।

लिखित र मौखिक रूपमा सरकारले केही गरोस् भनेर सुझाव दिए पनि काम नबनेपछि व्यवसायीहरू सबै मिलेर मेला गर्दा सफल भएको बताए । उनले २०७६ सालमा भएको मेलामा भन्दा १।५ प्रतिशत बढी व्यापार गरेको बताए ।

उनले मेलाबाट आशावादी हुने ठाउँ धेरै रहेको बताए । आठौँ घरजग्गा मेला पौष १२ गतेदेखि सञ्चालन भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस