आज तमु ल्होसार पर्व मनाइँदै, सरकारले दियो सार्वजनिक बिदा « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

आज तमु ल्होसार पर्व मनाइँदै, सरकारले दियो सार्वजनिक बिदा


१५ पुस २०८०, आइतबार


काठमाडौँ । गुरुङ समुदायले आज ‘तमु ल्होसार’ पर्व मनाउँदै छन् । हरेक १५ पुसमा गुरुङ समुदायले  ‘तमु ल्होसार’ पर्व मनाउने गर्छन् ।  यो ल्होसारलाई तोला ल्होसार पनि भनिन्छ । 

तमु भन्नाले गुरुङ समुदायलाई चिनाउँछ भने ल्होसार भन्नाले नयाँ वर्ष भन्ने अर्थ लाग्दछ । अर्थात् तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा मनाउने गर्छन् ।

यस दिन गुरुङ समुदायले हर्षोल्लासका साथ आफ्नो भेसभुसा र नयाँ परिकार ग्रहण गरी नयाँ वर्षलाई स्वागत गर्दछन् । ल्होसार पर्वका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस