अर्घाखाँची । नेपाल विद्युत् प्राधिकरण अर्घाखाँची वितरण केन्द्रले अर्घाखाँची शितगङ्गा नगरपालिकामा रहेको शुभ श्री अग्नि सिमेन्ट उद्योगको विद्युत् लाइन काटेको छ ।
शितगङ्गा नगरपालिका-८ जलुकेमा अवस्थित सो उद्योगले विद्युत् महसुल र जरिवाना वापतको रु. ४७ करोड बक्यौता नतिरेपछि गत रातिदेखि लाइन काटिएको विद्युत् प्राधिकरण अर्घाखाँची शाखाका प्रमुख त्रिलोचन भट्टराईले जानकारी दिए । डेडिकेटेड लाइनमार्फत विद्युत् उपयोग गरे वापतको रकम नतिरेपछि लाइन काटिएको शाखाले जनाएको छ ।