पेनाल्टी सुटआउटमा पोखरालाई ४-३ ले हराउँदै धनगढी एनएसएलको फाइनलमा प्रवेश « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

पेनाल्टी सुटआउटमा पोखरालाई ४-३ ले हराउँदै धनगढी एनएसएलको फाइनलमा प्रवेश


९ पुस २०८०, सोमबार


काठमाडौँ । धनगढी एफसी नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा प्रवेश गरेको छ । पेनाल्टी सुटआउटमा पोखरा थन्डर्सलाई ४-३ ले हराउँदै धनगढी लगातार दोस्रोपटक फाइनलमा प्रवेश गरेको हो । 

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सम्पन्न रोमाञ्चक खेलको अतिरिक्त समयको अन्तिम मिनेटसम्म धनगढी २-१ ले पछि थियो ।

अन्तिम मिनेटमा हिजाजीले गोल गर्दै धनगढीलाई खेलमा फर्काएपछि नतिजा बराबरीमा आइपुगेको हो । यसपछि पेनाल्टी सुटआउटमा धकेलिएको खेलको नतिजा ४-३ ले जित्दै धनगढी फाइनल प्रवेश गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस