प्रस्तावित न्यायाधीश सुवेदी र मुसलमानविरुद्ध परेको उजुरीमाथिको सुनुवाइ आज  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

प्रस्तावित न्यायाधीश सुवेदी र मुसलमानविरुद्ध परेको उजुरीमाथिको सुनुवाइ आज 


२९ मंसिर २०८०, शुक्रबार


काठमाडौँ । प्रस्तावित न्यायाधीश विरुद्ध परेको उजुरीमाथि छलफल गर्न आज बिहान ११ बजे संसदीय सुनुवाइ समितिको बैठक बस्दै छ । 

सिंहदरवारस्थित सार्वजनिक लेखा समितिको सभाकक्षमा बस्ने बैठकमा सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशहरू सारङ्गा सुवेदी र अब्दुल अजीज मुसलमान विरुद्ध परेको उजुरीमाथि सुनुवाइ हुने संसद सचिवालयले जनाएको छ । 

सर्वोच्च अदालतका लागि प्रस्तावित ६ न्यायाधीशविरुद्ध समितिमा हालसम्म दश वटा उजुरी दर्ता भएको सचिवालयले जानकारी दिएको छ । जसमा न्यायपरिषद्बाट प्रस्तावित ६ मध्ये सारंगा सुवेदीविरुद्ध ६ वटा, टेकप्रसाद ढुंगानाविरुद्ध तीन र अब्दुज अजीज मुसलमानविरुद्ध एउटा उजुरी दर्ता भएको छ ।  

Tags :
प्रतिक्रिया दिनुहोस