३.९ प्रतिशत पुग्यो अस्ट्रेलियामा बेरोजगारी दर  « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

३.९ प्रतिशत पुग्यो अस्ट्रेलियामा बेरोजगारी दर 


२८ मंसिर २०८०, बिहिबार


काठमाडौँ । नोकरीमा वृद्धि भए पनि अस्ट्रेलियाको बेरोजगारी दर १८ महिनाकै उच्चतम स्तरमा पुगेको छ ।

अस्ट्रेलियन ब्युरो अफ स्टाटिस्टिक्स (एबीएस) ले बिहीवार प्रकाशित गरेको आधिकारिक श्रम तथ्याङ्कमा आधिकारिक बेरोजगारी दर अक्टोबरमा तीन दशमलव आठ प्रतिशतबाट बढेर तीन दशमलव नौ प्रतिशत भएको उल्लेख छ । यो सन् २०२२ अप्रिलपछिको सबैभन्दा उच्च बेरोजगारी दर हो । 

यद्यपि अक्टोबर र नोभेम्बरबीच रोजगारीमा रहेका अस्ट्रेलियालीको सङ्ख्या ६१ हजारले बढेको एबीसीको तथ्याङ्कमा उल्लेख छ । यो वृद्धिको भर्पाई सहभागिता दरमा भएको वृद्धिबाट भएको छ र यसले कामकाजी उमेरको जनसङ्ख्याको अनुपातलाई मापन गर्दछ । कार्यरत वा सक्रिय रूपमा कामको खोजीमा रहेका मानिसको सङ्ख्या अक्टोबरमा ६७ प्रतिशतबाट बढेर ६७ दशमलव दुई प्रतिशतको कीर्तिमानी स्तरमा पुगेको छ ।

बेरोजगारी दर गणना गर्नका लागि व्यक्ति कामविहीन हुनुपर्छ वा सक्रिय रूपमा नोकरीको खोजी गरेको हुनुपर्छ । एबीएसका अनुसार नोभेम्बरमा एक करोड ४२ लाख ६० हजार अस्ट्रेलियाली रोजगारीमा छन् । यो कामकाजी उमेरको जनसङ्ख्याको ६४ दशमलव छ प्रतिशत हो ।

अक्टोबर र नोभेम्बरबीच रोजगारीमा रहेका अस्ट्रेलियालीको सङ्ख्या बढे पनि यो अवधिमा सबै नोकरीमा अस्ट्रेलियालीले काम गरेको घण्टाको कुल सङ्ख्या शून्य दशमलव एक प्रतिशतले घटेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस