एनएसएल : आज पोखरा र काठमाडौँ खेल्दै « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

एनएसएल : आज पोखरा र काठमाडौँ खेल्दै


२५ मंसिर २०८०, सोमबार


काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) २०२३ अन्तर्गत आज पोखरा थण्डर्स र काठमाडौँ रेजर्सबीच खेल हुँदैछ । खेल साँझ ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सुरु हुनेछ ।

पोखरा र काठमाडौँ दुवैको यो पाँचौ खेल हुनेछ । तर पोखरा यस सिजन अपराजित छ भने शीर्ष चारमा छ । चार खेलमा दुई जित र दुई बराबरीबाट ८ अंक जोडेको पोखरा तेस्रो स्थानमा छ । उता काठमाडौँ भने चार खेलबाट ५ अङ्कसहित पाँचौ स्थानमा छ ।

काठमाडौँ विरुद्ध जित हात पारे पोखरा शीर्ष स्थानमा पुग्नेछ र प्लेअफको सम्भावना पनि बलियो हुनेछ । पोखराका मुख्य प्रशिक्षक नवीन न्यौपानेले लिग सुरु हुनुभन्दा अघिदेखि नै टिमको पहिलो लक्ष्य प्लेअफ पुग्ने भएको बताउँदै आएका छन् ।

अहिले पोखरा त्यही बाटोमा अघि बढिरहेको छ । पछिल्लो खेलमा नवीन न्यौपाने निलम्बनका कारण टच लाइनमा थिएनन् तर पोखराले स्पोर्टिङ इलामलाई हराएर ३ अंक जोडेको थियो । त्यही लय कायम राख्ने योजनामा पोखरा छ ।

उता साविक विजेता काठमाडौँले भने यस सिजन सोचे अनुसारको प्रदर्शन गर्न सकेको छैन । चार खेल खेलिसक्दा काठमाडौँले जम्मा एक खेल जितेको छ भने दुई खेल बराबरी गरेको छ ।

मंसिर ८ गतेदेखि सुरु भएको प्रतियोगितामा नौ टिमको सहभागिता छ ।

प्रतियोगिताको यो सिजनमा काठमाडौँ रेजर्स, धनगढी एफसी, बुटवल लुम्बिनी एफसी, स्पोर्टिङ इलाम डे मेची एफसी, चितवन एफसी, झापा एफसी, वीरगन्ज एफसी, ललितपुर सिटी एफसी, एफसी बुटवल लुम्बिनी र पोखरा थण्डर्स सहभागी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस