एमाले अध्यक्ष ओली धनगढीमा « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

एमाले अध्यक्ष ओली धनगढीमा


१२ मंसिर २०८०, मंगलबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कैलाली पुगेका छन् । बुद्ध एयरको जहाजमार्फत ओली धनगढी पुगेका हुन् ।

१४ गतेबाट एमालेले सुरु गर्न लागेको मध्य पहाडी लोक मार्ग पदयात्राको लागि ओली कैलाली गएका हुन् । अध्यक्ष ओलीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल लगायतका नेताहरू पुगेका छन् ।

अध्यक्ष ओली लगायतका नेताहरू आज धनगढी नै बस्ने छन् । महासचिव शङ्कर पोखरेल लगायतका नेताहरू भने भोली जाँदै छन् । भोलि बिहान धनगढीबाट बैतडी प्रस्थान गर्ने कार्यक्रम रहेको एमाले सुदूरपश्चिमले जनाएको छ ।  

Tags :
प्रतिक्रिया दिनुहोस