रुसी सेनामा रहेका एक नेपालीको मृत्यु « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

रुसी सेनामा रहेका एक नेपालीको मृत्यु


१२ मंसिर २०८०, मंगलबार


काठमाडौँ । रुसी सेनामा भर्ना भएका एक नेपालीको मृत्यु भएको छ । रुसका लागि नेपाली राजदूत मिलन तुलाधरले एक नेपाली मारिएको पुष्टि भएको र त्यसबारे विस्तृत सोधखोज भइरहेको बताएका छन् ।

मृत्यु भएका व्यक्ति राजकुमार रोक्का भएको बताइएको छ । तर मस्कोमा नेपाली दूतावासले मारिएका व्यक्तिबारे विस्तृत सोधखोजपछि आधिकारिक जानकारी गराउने छ ।

रुस र युक्रेकबीचको युद्धका क्रममा केही नेपालीहरू पनि रहेको सूचना बाहिर आइरहेका बेला एक नेपाली मारिएकै घटना सार्वजनिक भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस