योगेश भट्टराई चढेको गाडी तोडफोड « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

योगेश भट्टराई चढेको गाडी तोडफोड


१० मंसिर २०८०, आइतबार


काठमाडौँ । नेकपा एमाले सचिव योगेश भट्टराई चढेको गाडीमा ताप्लेजुङमा ढुङ्गा प्रहार भएको छ ।

ताप्लेजुङ सदरमुकाम फुङलिङ्बाट फर्कने क्रममा पहिचान पक्षधरले फुङलिङ नगरपालिका-४ तोक्मेडाँडा बसपार्क नजिकै ढुङ्गा प्रहार गरेका हुन् ।

आइतबार ताप्लेजुङमा नेकपा एमालेको कार्यक्रम थियो । कार्यक्रम सकेर पाँचथरतर्फ फर्कने क्रममा भट्टराई चढेको गाडी प्रदेश २(०१००१ च ४० नम्बरको गाडीमा पहिचान पक्षधर समूहले ढुङ्गा प्रहार गरेको ताप्लेजुङ प्रहरीले जनाएको छ ।  

ढुङ्गा लागेर भट्टराई चढेको गाडीको अगाडिको सिसा फुटेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस