पर्यटक तान्दै ‘उल्टो घर’ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

पर्यटक तान्दै ‘उल्टो घर’


४ मंसिर २०८०, सोमबार


विराटनगर । आफ्नो क्षेत्रमा पर्यटक आकर्षित गर्न विभिन्न स्थानमा अनौठो जुक्ति अपनाइने गरेको छ । कतै ठाउँको नामअनुसारका स्तम्भ बनाएर अनि कतै दुर्लभ वन्यजन्तुको मूर्ति बनाएर पर्यटकलाई आकर्षित गर्ने गरिएको छ ।

मोरङको मिक्लाजुङमा अर्को अनौठो जुक्ति अपनाइएको छ । मिक्लाजुङ–३ टाँडीस्थित निसेलुङ पार्कमा पर्यटक आकर्षित गर्न उल्टो घर बनाइएको छ । घरको भित्री र बाहिरी संरचना सबै उल्टो अवस्थामा छन् । स्थानीय निसेलुङ पर्यटन प्रवर्द्धन समितिले ५२ लाख रुपैयाँ लागतमा उल्टो घर बनाएको हो । घरका सबै संरचना उल्टो बनाइएको छ ।

परैबाट हेर्दा अरु सामान्य घरभन्दा ठिक उल्टो पाराको संरचना रहेको घरले दैनिक सयौँ पर्यटक आकर्षित गरिरहेको छ । घरको छानो भुईँमा, जगको भाग आकाशतिर देखिन्छ । घरभित्र प्रवेश गर्दा पनि शयन कक्ष, शौचालय, भान्सा कोठा सबै उल्टो देखिन्छ । टेबल, दराज, कुर्सीहरू सबै उल्टो छन् ।

निसेलुङ पर्यटन प्रवर्द्धन समितिका अध्यक्ष खगेन्द्र मादेनका अनुसार यस्तो उल्टो आकर्षक भवन बनाउनका लागि भारतको जलपाइगुढीबाट इन्जिनियर र मिस्त्री ल्याइएको थियो । विदेशमा यस्तो संरचना बनाएर पर्यटक तान्न अभ्यास रहे पनि नेपालमा नभएकाले यो नौलो विधि आफूहरूले अपनाएको मादेनले बताए ।-नेपाल न्यूज बैंक

Tags :
प्रतिक्रिया दिनुहोस