रुकुम पश्चिममा जिप दुर्घटना हुँदा २२ जना घाइते « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

रुकुम पश्चिममा जिप दुर्घटना हुँदा २२ जना घाइते


४ मंसिर २०८०, सोमबार


काठमाडौँ । रुकुम पश्चिममा जिप दुर्घटना हुँदा २२ जना घाइते भएका छन् ।

लु १ ज २२९७ नम्बरको जिप आज बिहान रुकुम-पश्चिमको चौरजहारी नगरपालिका-८ गोइरीज्युलाको कालेगाउँ पुलनजिक दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रुकुम-पश्चिमका प्रमुख डीएसपी नमराज भट्टराईले जानकारी दिए ।

घाइतेहरूलाई चौरजहारी अस्पताल लगिएको छ । जिप तीव्र गतिमा रहेको तथा ओभर लोडका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

Tags :
प्रतिक्रिया दिनुहोस