विश्वकप क्रिकेट फाइनल : भारतविरुद्ध अस्ट्रेलियाको १०० रन पूरा  « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

विश्वकप क्रिकेट फाइनल : भारतविरुद्ध अस्ट्रेलियाको १०० रन पूरा 


३ मंसिर २०८०, आइतबार


काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकपको फाइनलमा भारतविरुद्ध ब्याटिङ गरिरहेको अस्ट्रेलियाले १०० रन पूरा गरेको छ ।

भारतको अहमदाबादस्थित नरेन्द्र मोदी रङ्गशालामा घरेलु टिमले दिएको २४१ रनको लक्ष्य पछ्याइरहेको अस्ट्रेलियाले १९.१ ओभरमा तीन विकेट गुमाएर १०० रन पूरा गरेको हो ।

अस्ट्रेलियाबाट हाल क्रिजमा रहेको ट्राभिस हेडले ४३ र मानुर्स लाबुसचेज्नेले १४ रन बनाएका छन् । ४७–३ को कठिन अवस्थाबाट यी दुईले हालसम्म ५३ रनको साझेदारी गर्दै अस्ट्रेलियाको इनिङ सम्हालिरहेका छन् ।

त्यसअघि खेलको पहिलो इनिङमा टस हारेर ब्याटिङमा आएको भारतले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २४० रनको योगफल खडा गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस