करेन्ट लागेर दुई जनाको मृत्यु « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

करेन्ट लागेर दुई जनाको मृत्यु


२१ कार्तिक २०८०, मंगलबार


विराटनगर । झापाका छुट्टाछुट्टै स्थानमा करेन्ट लाग्दा दुई जनाको मृत्यु भएको छ । 

झापाको दमक नगरपालिका-३ स्थित खोल्सीमा निर्माण भइरहेको पुलमा काम गर्ने कामदार भोजपुर नगरपालिका-११ का ४५ वर्षीय चंखबहादुर सार्कीको सोमबार साँझ करेन्ट लागेर मृत्यु भएको हो । मोटरबाट पानी तान्ने क्रममा उनलाई करेन्ट लागेको थियो ।

करेन्ट लागेर सिकिस्त घाइते भएका उनको मोरङको उर्लाबारीस्थित अरनिको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

यसैगरी, कन्काइ नगरपालिका-३ स्थित घरमा टिनको छाना लगाउने क्रममा कन्काई-६ का ३६ वर्षीय रामकुमार श्रेष्ठलाई फलामे रड बोक्ने क्रममा बिजुलीको तारमा छोइँदा करेन्ट लागेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस