आईपीओ स्वीकृति दिँदा अनियमितता भएको भन्दै धितोपत्र बोर्डसँग स्पष्टीकरण माग « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

आईपीओ स्वीकृति दिँदा अनियमितता भएको भन्दै धितोपत्र बोर्डसँग स्पष्टीकरण माग


१९ कार्तिक २०८०, आइतबार


काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिले नेपाल धितोपत्र बोर्डलाई स्पष्टीकरण सोधको छ । समितिमा प्रिमियम मूल्यमा आईपीओ निष्कासनको स्वीकृति दिँदा अनियमितता भएको भन्दै उजुरी परेपछि समितिले बोर्डलाई स्पष्टीकरण सोधेको हो ।

पछिल्लो केही समय यता उत्पादनमूलक समूहका सिमेन्ट उद्योग मात्रै नभएर आयोजनाको उत्पादन मिति तोकिएको हाइड्रोपावर कम्पनीले पनि धमाधम प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने स्वीकृति पाइरहेका छन् । हिमालयन रि(इन्स्योरेन्स कम्पनी र जीवन बीमा कम्पनीलाई पनि बोर्डले प्रिमियममा आईपीओ निष्कासन गर्ने स्वीकृति दिएको थियो ।

प्रिमियम मूल्यमा सार्वजनिक निष्कासन गर्न स्वीकृति दिँदा अनियमितता भएको भन्दै समितिमा उजुरी परेपछि बोर्डलाई जवाफ माग गरेको सार्वजनिक लेखा समितिले जनाएको छ ।

समिति सभापति ऋषिकेष पोखरेलले एक हप्ताको समय दिएर प्राप्त उजुरीका सम्बन्धमा जवाफ माग गरिएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस