भूकम्प प्रभावितका लागि एकद्वार प्रणालीबाट राहत वितरण शुरु « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

भूकम्प प्रभावितका लागि एकद्वार प्रणालीबाट राहत वितरण शुरु


१९ कार्तिक २०८०, आइतबार


काठमाडौँ । जाजरकोटका भूकम्प प्रभावितहरूका लागि प्राप्त भएको राहत सामग्री एकद्वार प्रणालीबाट वितरण गर्न शुरु गरिएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ ।

विभिन्न सरकारी निकाय र दाताहरूबाट प्राप्त भएको राहत सामाग्री वितरण गर्न थालिएको कार्यालयले जनाएको हो ।

कार्यालयका सूचना अधिकारी हरिश्चन्द्र शर्माद्वारा आइतबार जारी विज्ञप्तिमा भनिएको छ, ‘विभिन्न सरकारी निकाय र दाताहरूबाट राहत सामाग्री प्राप्त हुने क्रम शुरु भईसकेको र यसलाई जिल्ला विपद व्यवस्थापन समिति मार्फत एक द्वार प्रणालीबाट पीडित समक्ष पुर्‍याउने प्रक्रिया समेत शुरु गरिसकिएको छ । यस दुखद अवस्थामा पीडितहरुलाई आवश्यक पर्ने राहत सामाग्रीको सहयोग उपलब्ध गराइदिन सबै मनकारी दाताहरूमा हार्दिक अनुरोध गर्दछौँ ।’

शुक्रवार मध्यरातमा गएको भूकम्पका कारण धेरै मात्रामा घरहरू भत्किएको तथा चर्किएको भन्ने जानकारी प्राप्त भएको र सो को तथ्याङ्क सङ्कलन गर्ने प्रक्रिया समेत अगाडि बढाई सकिएको कार्यालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस