कर्णालीको भूकम्पबाट भएको क्षतिप्रति रुसी राष्ट्रपति पुटिनद्वारा दुःख व्यक्त  « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

कर्णालीको भूकम्पबाट भएको क्षतिप्रति रुसी राष्ट्रपति पुटिनद्वारा दुःख व्यक्त 


१८ कार्तिक २०८०, शनिबार


काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले नेपालमा भूकम्पबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन्।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार पुटिनले शनिबार राष्ट्रपति रामचन्द्र पौडेललाई पत्र पठाउँदै भूकम्पबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका हुन्। उनले पीडितप्रति समवेदना प्रकट गरेका छन्।

पत्रमा उनले भूकम्प पीडितहरूप्रति आफ्नो साथ, सहयोग र सहानुभूति रहेको उल्लेख गर्दै घाइतेहरूको स्वास्थ्यलाभको कामना गरेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस