डोटीको बोगटान फुड्सिल गाउँपालिकाले भूकम्प प्रभावितलाई दुई लाख सहयोग गर्ने « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

डोटीको बोगटान फुड्सिल गाउँपालिकाले भूकम्प प्रभावितलाई दुई लाख सहयोग गर्ने


१८ कार्तिक २०८०, शनिबार


काठमाडौँ । शुक्रबार राति गएको भूकम्पबाट प्रभावितहरुका लागि डोटीको बोगटान फुड्सिल गाउँपालिकाले राहत स्वरूप दुई लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । शनिबार गाउँपालिकाका अध्यक्ष कमलबहादुर गडसिलाद्वा विज्ञप्ति जारी गर्दै सहयोगको घोषणा गरिएको हो ।

जाजरकोटको बारेकोट गाउँपालिका वडा न.१ रामीडाडाँ केन्द्रबिन्दु भएर गएको ६.४ रेक्टर स्केलको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिम लगायतको क्षेत्रमा ठुलो मात्रमा जनधनको क्षति भएको घटनाप्रति पालिकाले दुःख व्यक्त गरेको छ ।

अध्यक्ष गडसिलाद्धारा जारी विज्ञप्तिमा भनिएको छ ‘दुःखको यस घडीमा हाम्रो पालिकाबाट सद्भाव स्वरूप तत्काल राहतका लागी जाजरकोट र रुकुम पश्चिम जिल्ला विपद् व्यवस्थापन समितिको राहत कोषमा एकरएक लाख गरी दुई लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेका छौँ ।’

भूकम्पबाट प्रभावितहरूलाई सुरक्षित स्थलतर्फ तत्काल स्थानान्तरण गर्न र भूकम्पमा परी पुरिएकाहरूको खोज उद्धार र घाइतेहरूको उपचार तथा राहत कार्यमा सक्रियताका साथ लाग्न गाउँपालिकाले सबैसँग अपिल गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस