विश्वकप क्रिकेट : पाकिस्तानसँग बङ्गलादेश २ सय ४ रनमा अलआउट « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

विश्वकप क्रिकेट : पाकिस्तानसँग बङ्गलादेश २ सय ४ रनमा अलआउट


१४ कार्तिक २०८०, मंगलबार


काठमाडौँ । आईसीसी एक दिवसीय विश्वकप क्रिकेटमा बङ्गलादेशले पाकिस्तानलाई २ सय ५ रनको लक्ष्य दिएको छ ।

कोलकाताको इडेन गार्डेन्समा टस जितेर ब्याटिङ गरेको बङ्गलादेश ४५ ओभर १ बलमा २ सय ४ रनमा अलआउट भयो । बङ्गलादेशका महमदुल्लाहले सर्वाधिक ५६ रन बनाए ।

यस्तै लिटन दास ४५ र कप्तान शकिब अल हसन ४३ रनमा आउट भए । बलिङतर्फ पाकिस्तानका शाहीन अफरिदी र मोहम्मद वसिमले समान ३ तथा हरिस रउफले २ विकेट लिए ।

पाकिस्तान ६ खेलमा ४ अङ्कसहित तालिकाको सातौँ स्थानमा छ । बङ्गलादेश उति नै खेलमा २ अङ्कसहित नवौँ स्थानमा छ ।

Tags :
प्रतिक्रिया दिनुहोस