महासचिव गुटेरेस र राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाबीच भेटवार्ता « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

महासचिव गुटेरेस र राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाबीच भेटवार्ता


१४ कार्तिक २०८०, मंगलबार


काठमाडौँ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच भेटवार्ता भएको छ ।

सिंहदरवारस्थित सङ्घीय संसद सचिवालयमा रहेको राष्ट्रियसभा अध्यक्षको कार्यकक्षमा उनीहरुबीच भेटवार्ता भएको हो ।

अध्यक्ष तिमिल्सिनासँगको भेट लगत्तै महासचिव गुटेरेसले उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग पनि भेट गरेका छन् ।

उनीहरुबीच गृह मन्त्रालयमा भेटवार्ता भएको हो ।

महासचिव गुटेरेसले आजै सङ्घीय सांसदका दुवै सदनको संयुक्त बैठकमा सम्बोधन गर्नेछन् ।

चारदिने नेपाल भ्रमणमा रहेका गुटेरेसले यसअघि उच्चस्तरीय भेटवार्ता र सगरमाथा क्षेत्र, अन्नपूर्ण आधार शिविर, पोखरा र लुम्बिनीको अवलोकन भ्रमण गरिसकेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस