‘आईएमई, आईएमई पे’ मा कलाकारको चासो र संलग्नता « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

‘आईएमई, आईएमई पे’ मा कलाकारको चासो र संलग्नता


३ कार्तिक २०८०, शुक्रबार


काठमाडौँ । नेपालको नेतृत्वदायी रेमिटेन्स सेवा प्रदायक कम्पनी आईएमई तथा नेपालको पहिलो डिजिटल वालेट आईएमई पेमा कलाकारहरूको वृहत् चासो र संलग्नता देखिएको छ ।

आईएमईले भर्खरै मात्र ‘आईएमई गरौँ, करोडपति बनौँ’ योजना  सार्वजनिक गरेको छ । यो योजनाअन्तर्गत आईएमई तथा आईएमई पे मार्फत रेमिटेन्स प्राप्त गर्दा हरेक महिना १ जनाले १ लाख रुपैयाँ र बम्परमा १ करोड रुपैयाँ प्राप्त गर्ने डबल मौका रहेको छ ।

स्थापनादेखि नै नेपाली कलाकारिताको लोकप्रिय जोडी अभिनेता दीपकराज गिरि र अभिनेत्री दिपाश्री निरौलालाई ब्रान्ड एम्बासडरको रूपमा परिचित गराएको आईएमई तथा आईएमई पेले यस करोडपति योजनामा पनि एम्बासडरको उत्साहपूर्ण साथ तथा समर्थन देखिन्छ । साथै यो योजनाको थप जानकारी हरेक दिन आईएमई तथा आईएमई पे को अफिसियल टिकटक लाइभमार्फत प्राप्त गर्न सकिने छ । जसमा नेपालका कलाकारहरू यसराज गराच, साक्षी लम्साल, प्रणिमा दाहाल तथा ‘छन्दे’ भनेर चिनिने गोपाल ढकाल ब्रान्ड इन्फ्लुन्सरु को रूपमा उत्साहपूर्ण संलग्नता देख्न सकिन्छ ।

यसराज गराचले झन्डै एक दर्जन नेपाली चलचित्र खेलिसकेका छन् भने आठ सय वटाभन्दा बढी म्युजिक भिडिओमा पनि काम गरेका छन् । उनी विभिन्न टेलिभिजनमा कार्यक्रम प्रस्तोता पनि रहेका छन् । यस्तै साक्षी लम्सालले थुप्रै म्युजिक भिडिओमा काम गरेकी छिन् । उनी विभिन्न टेलिभिजनमा कार्यक्रम प्रस्तोता पनि रहेकी छिन् । साथै ब्रान्ड मोडेल को रूपमा पनि उनलाई देख्न सकिन्छ ।

प्रणिमा दाहालले पनि थुप्रै म्युजिक भिडिओमा काम गरेकी छिन् । साथै उनी विभिन्न टेलिभिजनमा कार्यक्रम प्रस्तोताको रूपमा पनि रहेकी छिन् । उनलाई उत्कृष्ट इभेन्ट म्यानेजरको रूपमा पनि चिन्न सकिन्छ । यस्तै गोपाल ढकाल हास्य टेलिचलचित्रमा रुचाइएका कलाकार हुन् ।

यी सबै कलाकारहरूलाई अहिले आईएमई तथा आईएमई पे ले आफ्नो ब्रान्ड इन्फलुन्सरको रूपमा आबद्ध गराएको छ । साथै आईएमई तथा आईएमई पेको हरेक योजनामा ब्रान्ड इन्फ्लुन्सर हरूको उत्साहपूर्ण संलग्नता तथा समर्थन पनि देख्न सकिन्छ ।

यससँगै लोकप्रिय गायक आनन्द कार्की पनि आईएमई तथा आईएमई पे मा जोडिएका छन् । यस्तै अभिनेत्री वर्षा राउतलाई पनि आईएमई तथा आईएमई पे द्वारा प्रवर्धित भिडिओमा देख्न सकिनेछ । आईएमई पे ओटीटी प्लेटफर्म कान्तिपुर सिनेमाजको एक मात्र पेमेन्ट पार्टनर पनि रहेको छ । जसको माध्यमबाट पनि आईएमई तथा आईएमई पे मा कलाकारहरूको चासो बढेको छ । 

खेल तथा खेलाडीसँग पहिलेदेखि नै सहकार्य गर्दै आइरहेको र अहिले कलाकारहरूको पनि वृहत् संलग्नताले नागरिकको विश्वासलाई अझै माथि पुर्‍याएको आईएमईले बताएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस