‘साम्राज्यवादीहरू बीआरआईको विरोधमा छन्, कुनै शक्तिले विश्वव्यापी विस्तार रोक्न सक्दैन’ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

‘साम्राज्यवादीहरू बीआरआईको विरोधमा छन्, कुनै शक्तिले विश्वव्यापी विस्तार रोक्न सक्दैन’


२ कार्तिक २०८०, बिहिबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले केही पश्चिमा साम्राज्यवादी र आधिपत्यवादी शक्तिहरू आज पनि बीआरआईको विकास र विस्तारको विरोध गर्न चाहेको बताएका छन् ।

चीनले आयोजना गरेको अन्तर्राष्ट्रिय सहकार्यको लागि तेस्रो बेल्ट एण्ड रोड फोरम (बीआरएफ) को जनता जनताबीचको आपसी सहकार्य थेमाटिक फोरमलाई सम्बोधन गर्दै विश्वको कुनै पनि शक्तिले बीआरआईको निरन्तर विकास र विश्वव्यापी विस्तारलाई रोक्न नसक्ने बताए ।

समस्त दक्षिणको उदय र बीआरआईको विश्वव्यापी विस्तारले विभिन्न राष्ट्र, देश र जनताहरूबिचको नयाँ शान्तिपूर्ण सम्बन्धका साथै विश्वमा रहेका विभिन्न सभ्यताहरूको सहअस्तित्व, सहकार्य र रूपान्तरणको सुरुवात गरेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस