सुपारी निकासीबारे छलफल गर्न संयुक्त बैठक बोलाउने तयारी « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

सुपारी निकासीबारे छलफल गर्न संयुक्त बैठक बोलाउने तयारी


२४ आश्विन २०८०, बुधबार


काठमाडौँ । संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले नेपाली सुपारी भारत निकासी गर्नका लागि पहल गर्ने भएको छ ।

बुधबार सिंहदरवारमा बसेको समितिको बैठकले अर्थ समिति र उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सहित संयुक्त बैठक बोलाउने र नेपाली सुपारी किसानहरूको मारलाई सम्बोधन गर्न छलफल गर्ने निर्णय गरेको हो ।

समितिकी सभापति डा. आरजु राणाले भनिन्, ‘दशैंअघि नै सबैको अनुकूल हुने गरी एउटा मिटिङ राख्छौँ । यसका लागि समय मिलाउन समितिलाई भनेका छौँ ।’

समितिले माछा पालक किसानहरूको समस्या समाधानका लागि पनि आन्तरिक छलफल गर्ने तयारी गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस