इजरायलमा रहेका नेपालीको उद्धारमा ‘प्रचण्ड’ सरकारले तदारुकता देखाएन : योगेश भट्टराई « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

इजरायलमा रहेका नेपालीको उद्धारमा ‘प्रचण्ड’ सरकारले तदारुकता देखाएन : योगेश भट्टराई


२३ आश्विन २०८०, मंगलबार


काठमाडौँ । नेकपा एमालेका नेता योगेश भट्टराईले इजरायलमा रहेका नेपालीहरूको उद्धारमा सरकारले तदारुकता देखाउन नसकेको आरोप लगाएका छन् ।

तत्कालीन समयमा केपी शर्मा ओली नेतृत्वको सरकारले अफगानिस्तान जस्तो देशबाट सहजै नागरिकको उद्धार गरेको स्मरण गर्दै उनले कूटनीतिक सम्बन्ध अत्यन्तै राम्रो भएको इजरायलमा फसेका नेपालीहरूको उद्धार हुन नसकेको बताए ।

उनले भने, ‘आपत्कालीन अवस्थामा रहेका नागरिकलाई तत्काल उद्धार गर्नुपर्ने पर्ने थियो । सरकारले गर्न सकिरहेको छैन । तत्कालीन समयमा केपी शर्मा ओली नेतृत्वको सरकारले अफगानिस्तान जस्तो ठाउँबाट सहजै उद्धार गरेको थियो । इजरायल त दक्षिण एसियापछि सबैभन्दा राम्रो कूटनीतिक सम्बन्ध भएको देश हो । त्यहाँबाट नागरिकहरूलाई उद्धार गर्न सकेको छैन ।’

इजरायलमा शनिबार १० जनाको मृत्यु भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस